कोशी प्रदेशमा विपद्का बीच नेपाली सेनाद्वारा प्रभावकारी उद्धारकार्य

दमक ,असोज २० । गत शुक्रबार देखि परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा गम्भीर प्रभाव पारेको छ। विशेष गरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा ठूलो मात्रामा मानविय तथा भौतिक क्षति पुगेको छ ।

 

विपद्को यस जटिल परिस्थितिमा नेपाली सेनाले हवाई तथा स्थलीय दुवै माध्यमबाट उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ। सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार कार्य, तटबन्ध निर्माण, तथा शव संकलन जस्ता संवेदनशील कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

 

उक्त अवधिमा नेपाली सेनाले करिब ६०८ जना प्रभावित व्यक्तिहरूको सफल उद्धार गरेको जनाएको छ। साथै, सम्भावित क्षतिको जोखिम न्यूनिकरण गर्न पूर्वी पृतना हे।क्वा।बाट संवेदनशील क्षेत्रहरूमा सेनाको पूर्वतयारी तैनाथ गरिएको थियो। हवाई उद्धारका लागि हेलिकप्टर लगायतका हवाई साधनहरू स्ट्यान्डबाईमा राखिएकाले उद्धार कार्य थप प्रभावकारी बनेको थियो। सेनाको समयमै गरिएको तयारी तथा समन्वयले क्षति न्यूनीकरणमा निर्णायक भूमिका खेलेको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले