घोषित मितिमा निर्वाचन गर्न माओवादी पार्टीका तर्फबाट सकारात्मक भूमिका खेल्ने

काठमाडौं,२० असोज । नेकपा माओवादी केन्द्रले घोषित मितिमा निर्वाचन गर्न पार्टीका तर्फबाट सकारात्मक भूमिका खेल्ने निर्णय गरेको जनाएको छ।

 

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्न र त्यसका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो।

 

निर्वाचनमा जाने विषयमा सबै दलहरूको सहमति रहेको र माओवादीको पनि चुनावमा नै जोड रहेको उहाँको भनाइ छ। उहाँले निर्वाचनले मात्रै संविधान र व्यवस्थालाई जोगाउने भएकाले निर्वाचन गर्ने कुरालाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो

बैठकमा समाजवादी मोर्चा विस्तार र एजेण्डा मिल्नेहरूसँग पार्टी एकताको विषयमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले जानकारी गराँउनु भएको थियो। पार्टी एकताको सम्बन्धमा बृहत् र सकारात्मक छलफल भइरहेको प्रवक्ता सापकोटाले बताउनु भयो।

त्यस्तै बैठकले राहत उद्धारमा संलग्न पार्टीका सबै पंक्तिलाई धन्यवाद दिँदै राहत पुनर्निर्माणमा लाग्न आह्वान गरिएको उहाँले बताउनु भयो। माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि पुनः बस्ने र विशेष महाधिवेशनलगायत पार्टीको आन्तरिक विषयमा छलफल हुने माओवादीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित