ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चल्दै

ओली, लेखकलाई पक्राउ गर्न कति कानुनी बाटो खोल्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ ।

काठमाण्डौं,२० असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।

May be a graphic of 2 people and text that says '#ARRESTKPOLI #ARRESTRAMESHLEKHAK ARRESTMURDERERS THE COU INCIL OF OFGENZ THEOUL GENZ ARREST KP SHARMA OLI I RAMESH LEKHAK MURDERERS ARREST THE MURDERERS OR T NATION WILL BE COMPELLED TO TAKE ACTIONS.'

जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको उहाँहरूले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै पक्राउ गर्न माग गरिएको जानकारी पाइएको छ।

आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरिएको छ भने काठमाडौं उपत्यकाबाट बाहिर जानुपर्ने अनुमति लिनुपर्ने भनिएको हो ।

जेन जी आन्दोलनको अगुवाको रुपमा रहेका सुदन गुरुङलगायतका टोलीले विगत केही समयदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आएका थिए् । भदौ २३ को आन्दोलनमा मारिएका जेन जीहरुको जिम्मेवार ओली र लेखक भएको उनीहरुको दाबी रहेको छ ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष गुरुङलगायतका जेन जी आन्दोलनका अगुवाले सरकार बनेदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुका साथै अन्य नेताहलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आइ रहनु भएको छ । पछिल्ला दिनमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पनि उहाँहरुले पक्राउ गर्नुपर्ने माग गर्दै आँउनु भएको छ। गत शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको जेन जी आन्दोलनका अगुवा र सरकारी अधिकारीसँगको छलफलमा पनि उक्त माग अघि सारिएको थियो । गुरुङले ओली,लेखक र बस्नेतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नु भएको थियो।

सरकारले कानुनी प्रक्रियामार्फत अघि बढ्ने बताएपछि सामाजिक सञ्जालमार्फत जेन जी अगुवाले दबाब बढाउन खोजेको हुन् । उहाँहरुले सार्वजनिक रुपमा दबाब बढाएर सरकारलाई पक्राउ गर्न सजिलो बनाउन खोजेको देखिन्छ । यद्यपी, उहाँहरुको उक्त दबाबले ओली, लेखकलाई पक्राउ गर्न कति कानुनी बाटो खोल्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने