झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

 

झापा/

झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा गाऊपालिका ४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४  का १९ बर्षीय उतम बर्देवा रहेकाे इलाका प्रहरी कार्यालय अनामनीले जनाएकाे छ ।

कार्यालयका अनुसार बुधबार बेलुका ५ बजे  कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई माथी थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, ७ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने