दमक, २१ असोज । झापाको दमकमा सुतेकै ठाउँमा एक बालक मृत फेला परेको प्रहरीले जनाएको छ ।
दमक वडा न.५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँग आफ्नै अढाई तले घरको तल्लो तलाको कोठामा सुतेकोमा विहान ६ बजे उठेर हेर्दा उतानो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिहान ७ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृया शुरु गरिएको प्रहरीले बताएको छ ।
एआइ तस्बीर









