सुहाङ नेम्वाङको माग, इलामलाई ‘संकटग्रस्त क्षेत्र’ जिल्ला घोषणा गरौ’

दमक, २१ असोज | नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्नु भएको छ । र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि सरकारसँग अनुरोध गर्नु भएको छ ।

 

नेम्वाङले सामाजिक सञ्जालमार्फत यो माग राख्दै इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।जारी वर्षाका कारण इलाम जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। मुख्य सडकहरू अवरुद्ध छन्, विद्युत् आपूर्तिमा बाधा पुगेको छ र समग्र जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।नेम्वाङका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ।

 

यस विषम परिस्थिति र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसलाई आधार मान्दै उनले तत्काल जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।

 

त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको छ।राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नका लागि नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। इलाममा मात्रै बाढि पहिरोमा परि ३८ जनाको मृत्यू भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने