अनेरास्ववियुद्धारा मेयर शाह र जेनजी अगुवा गुरुङलाई पक्राउ गर्न माग

अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको आरोप लगाउँदै संयोजक र मेयरविरुद्ध जाहेरी दिने तयारी

काठमाडौँ ,२१ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङलाई पक्राउ गर्न माग गरेको जानकारी पइएको छ।

 

मंगलबार अखिलका नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने माग सहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुग्नु भएको छ।

 

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा बालेन र सुदनको हात रहेको आरोप लगाउँदै उहाँहरू किटानी जाहेरी लिएर पुग्नु भएको हो।

यसअघि पुर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइ रहेका छन्।

त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने