कानुनका जानकारहरूका अनुसार आन्दोलन दबाएको आरोपमा ओली र लेखकलाई पक्राउ गर्न मिल्दैन

काठमाडौँ,२१ असोज । जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको भन्दै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजीले पक्राउ गर्न दबाब दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो।

 

ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै सुदन गुरुङले सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेका थिए । यो पक्रिया सामाजिक सञ्जालमा मात्रै रोकिएन, गुरुङ जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगका थिए। आन्दोलन दबाउन गोली हानेर ७५ जना युवाको हत्या गरेको भन्दै पुर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध गुरुङले दिएको जोहरी दर्ता हुन सकेको थिएन ।

भदौ २३ को जेनजीको आन्दोलनको दमनको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन भइसकेको छ । सो समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन म्यान्डेट दिएको छ ।

कार्कीले भने फौजदारी प्रकृतिको मुद्दामा पक्राउ गरेर प्रक्रिया अघि बढाउन जाँचबुझ आयोगको प्रतिवेदन पर्खिनुनपर्ने भन्दै गृहमन्त्री अर्याललाई भन्नु भएको छ। कार्कीको उक्त प्रतिक्रिया बाहिर आएपछि जेनजी प्रतिनिधिले पुर्व ओली र लेखकलाई तत्काल पक्राउ गर्न सरकारलाई दबाब दिइ रहेका छन् ।

तर आन्दोलन दबाएकै विषयलाई जोडेर ओली र लेखकलाई पक्राउ गरिहाल्न नमिल्ने फौजदारी कानुनका जानकारहरू बताँउछन् ।

विद्यमान कानुन अनुसार जुनसुकै मुद्दा लगाए पनि ओली र लेखकलाई पक्राउ गर्न सकिने तर आन्दोलन दबाएको अभियोगमा अहिले नै पक्राउ गर्न मिल्ने आधार नदेखिएको फौजदारी कानुनका जानकार तथा अधिवक्ता डा. सुवास आचार्यले बताँउनु भयो । अन्य फौजदारी कसुर भए पक्राउ गरेर अनुसन्धान गर्न सकिने उहाँको आशय थियो ।

‘कुन कानुनअन्तर्गत, के कसुरमा पक्राउ गर्ने भन्ने पहिलो प्रश्न आउँछ,’ आचार्यले भन्नु भयो‘प्रचलित फौजदारी कानुनअन्तर्गत कसुर भएका क्रियाहरूमा अनुसन्धान तहकिकात गर्ने छुट्टाछुट्टै राज्यका निकायहरू रहेका छन् । यी निकायहरूले अनुसन्धान तहकिकात गर्न र आवश्यक परे पक्राउ गर्न र अनुसन्धान गर्न सकिन्छ ।’

तर जुनसुकै व्यक्तिलाई पक्राउ गर्न के कसुरमा पक्राउ गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ । अन्य फौजदारी कसुरको विषयमा अनुसन्धान गर्न र पक्राउ गर्दा कार्की जाँचबुझ आयोगको समितिलाई कुनै असर नगर्ने आचार्यले बताँउनु भयो । फौजदारी कसुरसँग जोडिएको विषयमा अनुसन्धान गर्न कार्की आयोगको प्रतिवेदन कुरिरहनु नपर्ने उहाँले बताउनु भयो ।

‘उहाँहरूलाई अहिले के आधारमा पक्राउ गर्ने त्यो हेर्नुपर्छ । अब आन्दोलन दबाएको भन्नेलाई कसुर मानिएको छैन,’ आचार्यले भन्नु भयो, ‘आन्दोलनको क्रममा हिंसा भएकोमा उहाँहरूको पनि हात छ कि त भन्ने विषयलाई छानबिन गरेपछि मात्रै देखिने कुरा हो ।’

उहाँले भन्नु भयो, ‘त्यहाँ गोली प्रहार गर्ने व्यक्तिहरू कसैलाई पक्राउ गरेर त्यो गोली प्रहार गर्ने व्यक्तिले फलानोको आदेशमा मैले प्रहार ग¥या हो भनेर उसलाई पनि पोल्छ भने ज्यान केसमा अनुसन्धान हुन सक्यो । यो आन्दोलन दबेको वा दबाएको भन्ने शीर्षकमा चाहिँ पक्राउ गर्न मिल्दैन ।’

जेनजीका प्रतिनिधिहरूले दुवै (ओली लेखक) लाई तुरुन्तै पक्राउ गरेर थुनामा राख्नुपर्ने सरकारसँग माग गरिरहेका छन् तर यस्तोमा आचार्यले भन्नु भयो, ‘त्यो विधि र साधनभन्दा बाहिर हो, पक्राउ गर्ने तर कुन कसुरमा पक्राउ गर्ने पहिला त्यो छुट्टाउन पर्छ ।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने