करिव दुई लाख रकमसहित ७ जना जुवाडे लौकहीमा पक्राउ

झापा, २२ असोज । करिव दुई लाख रकमसहित ७ जना जुवाडे सुनसरीको कोशी गाउँपालिका वडा न. १ लौकहीमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

गएराति ११ः२० बजे कोशी गाउँपालिका वडा न. १ लौकहीमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिँदा अरुणकुमार यादवको गोदाम घरमा जुवा तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

 

पक्राउ पर्नेहरुमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा न. १ बस्ने ५२ वर्षीय रमानन्द महतो , कोशी– ५ स्थायी घर भई हाल कोशी –१ बस्ने ३८ वर्षीय विनोद कुमार यादव , इनरुवा नगरपालिका वडा न. ९ स्थायी घर भई हाल कोशी –१ बस्ने ४४ वर्षीय योगेन्द्रप्रसाद यादव , कोशी –१ बस्ने ५० वर्षीय राजेशकुमार सुब्बा , भोक्राहा नरसिंह गाउँपालिका वडा न. १ बस्ने ४० वर्षीय दिनेशकुमार साह , कोशी –१ बस्ने ४६ वर्षीय अरुणकुमार यादव र भोक्राहा नरसिंह –३ बस्ने ३० वर्षीय चन्दन यादव आदी रहेका छन् ।

खालबाट नगद १ लाख २१ हजार २०० र उनीहरूको साथबाट नगद ६९ हजार ३९० गरी जम्मा नगद १ लाख ९० हजार ५९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । १६ बुङ तास समेत बरामद गरी संलग्न ७ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले बताएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित