काठमाडौँ,२२ असोज। एमाले नेता महेश बस्नेत प्रहरीको साइबर ब्युरोमा बयान दिएर निस्किनु भएको छ् । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको काम गरेको भन्दै परेको उजुरीमाथि बयान दिएर उहाँ निस्किएको साइबर ब्युरोका एक अधिकृतले बताउनु भयो ।
उहाँविरुद्ध एक महिलाले चरित्र हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् । तर, सुरुमा प्रहरीले जाहेरी लिन मानेको थिएन भने त्यसविरुद्ध उनी सरकारी वकिलको कार्यालयमा पुगेकी थिन्। कार्यालयले जाहेरी प्रहरीलाई पठाइदिएपछि उनलाई सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ।
‘१० बजे नै उहाँ आउनुभयो, त्यसपछि बयान गराएर छाडेका छौं,’ ती अधिकृतले भन्नु भयो । बस्नेत नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहनु भएको छ ।









