फरार रहेका नौ जना कैदीबन्दीलाई उदयपुर प्रहरीद्धारा पक्राउ

उदयपुर,२२ असोज। जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न जिल्लाबाट फरार रहेका नौ जना कैदीबन्दीलाई उदयपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । यसरी पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दादेखि कर्तव्य ज्यान, लागुऔषध, सवारी अंगभंग, डाकाचोरी उद्योगका ११ वर्ष कैद र ५५ हजार जरिवानासम्मका कैदीबन्दी रहेका थिए।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरि रहेका चौदण्डिगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सार्की र कर्तव्य ज्यान मुद्दाका बन्दी लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राई पक्राउ परेका हुन्।

 

नख्खु कारागार ललितपुरमा डाकाचोरी मुद्दामा ५५ हजार जरिवार र ५ वर्ष ६ महिना कैद सजाए तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीय सन्जिव दर्जी र जबरजस्तीकरणी मुद्दाका बन्दी त्रियुगा नगरपालिका १ जोगिदहका ३१ वर्षीय दिलिप कार्की रहेका हुन्।

 

झुम्का कारागार सुनसरीमा जवरजस्ती करणी मुद्दामा नौ वर्ष १० महिना आठ दिन सजाए तोकिएका सुनसरी धरान उपमहानगरपालिका ८ का ३२ वर्षीय प्रविण सुन्दास, सोही मुद्दाका बन्दी बेलका नगरपालिका ३ का ४० वर्षीय योगेन्द्र राई, अर्का बन्दी चौदण्डीगढी नपा १ काभ्रेका ३७ वर्षीय धनबहादुर राई र लागुऔषध मुद्दाका बन्दी बेलका नपा ९ कमलावारीका २८ वर्षीय नरेश विक रहेको एसपी चापागाईले बताउनु भयो ।

 

जिल्ला कारागार बैतडीमा सवारी अंगभंग मुद्दाका बन्दी रौतामाई गाउँपालिका ८ का २४ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् । फरार कैदीबन्दीलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले गत भदौ २९ गतेदेखि असोज २१ गतेसम्म उनीहरुलाई लुकिछिपी आफ्नो र आफन्तको घरमा बस्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी चापागाईले जानकारी दिनु भयो ।

पक्राउ परेका सबैलाई कानुनी प्रकृया पुरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो । मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा समयमा पठाउन नसकिएको र सडक सुचारु हुनसाथ सम्बन्धित कारागारलाई बुझाइने उहाँले बताउनु भयो ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने