कोशी प्रदेश सरकारद्धारा बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री वितरण

विराटनगर,२२ असोज। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पु¥याएको कोशी प्रदेश सरकारले बुधबार पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ।

 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरु तीव्र गतिमा पठाइएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रको बैठकहरु पनि धमाधम राखेर राहत सामग्री पठाउने काम भइरहेको जानकारी दिनुभएको छ।

 

मुख्यमन्त्री कार्कीले सरकारले मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरु पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने बताउनुभयो। प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उहाँले बताउनुभयो। सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि आवश्यक तयारी सुरु गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने