कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा ६ महिनाभित्र पहिरो पीडितका लागि घर बनाउने र तिहार अगाडि सडक सञ्जाल सुरु गर्न निर्देशन

विराटनगर,२२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत असोज १८ र १९ गतेको अविरल वर्षापछिको बाढी र पहिरोबाट प्रभावित नागरिकका लागि तत्काल राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना तत्काल कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिनु भएको छ।

 

बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री कार्कीले कोशी सरकारको अग्रसरतामा ६ महिनाभित्र पहिरोपीडितका लागि घर बनाउनेदेखि तिहार अगाडि सबै सडक सञ्जाल सुरु गर्नुपर्ने बताँउनु भएको छ् ।

मुख्यमन्त्री कार्कीले पहिरो र बाढीले इलाममा एक सयभन्दा बढी घर पूर्ण रूपमा क्षति भएको बताउँदै ६ महिनाभित्र उनीहरूका लागि नयाँ घर निर्माण सम्पन्न गर्ने गरी काम थाल्न निर्देशन दिनु भएको छ् ।

 

‘पीडित नागरिकलाई अबको जाडो र वर्षा पालमुनि बिताउनु पर्दैन । हामी उनीहरूका लागि बस्न मिल्ने गरी कम्तीमा दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाइदिन्छौँ,’ उहाँले भन्नु भयो।

 

यसका लागि संघीय सरकारको विपद् प्राधिकरणबाट प्राप्त हुने रकम र प्रदेश सरकार तथा अन्य दाताहरूको सहयोगमा स्रोत जुटाइने मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नु भयो । घर बनाउन जग्गा नहुने पीडितका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सार्वजनिक जग्गा खोज्न पनि उहाँले निर्देशन दिनु भयो ।

 

राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय मार्फत एकद्वार प्रणाली लागु गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिनु भयो । सामग्री पठाउन कठिन हुने ठाउँहरूमा सोझै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम पठाइदिने र स्थानीय आवश्यकताअनुसार खरिद गर्ने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नु भयो। ‘पीडितले तत्काल राहत पाउनुपर्छ, प्रक्रियागत झन्झटले ढिलाइ हुनुहुँदैन,’ उहाँलेभन्नु भयो ।

मुख्यमन्त्री कार्कीले विपदले क्षति पु¥याएका सडक, पुल र अन्य भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिनु भएको छ। उहाँले भन्नु भयो,‘अस्थायी डाइभर्सन बनाएरै भए पनि तत्काल यातायात सञ्चालन गर्नुहोस् । जुन आयोजना हाम्रो बजेटमा छ, त्यसको टेन्डर प्रक्रिया तुरुन्त सुरु गर्नुहोस्, दोहोरो खर्च नगरौँ ।’

संघीय सरकार मातहतका सडकहरू खुलाउन पनि प्रदेशले आवश्यक जनशक्ति र समन्वयमा सहयोग गर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतका लागि आवश्यक स्रोत जुटाउन प्रदेश सरकारले ५ लाखभन्दा कमका नयाँ योजनाहरूको बजेट रोक्का गरेको जानकारी दिनु भयो । चालु खर्चमा समेत केही प्रतिशत कटौती गरी उक्त रकम विपद् व्यवस्थापनमा खर्च गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।

विपद्पछि देखिन सक्ने पानीजन्य रोग र महामारीको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयलाई उच्च सतर्कता अपनाउन पनि उहाँले निर्देशन दिनु भएको छ। अस्थायी शिविरमा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण, स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक औषधिको प्रबन्ध मिलाउन उहाँले आग्रह गर्नु भएको छ।

मुख्यमन्त्री कार्कीले हरेक वर्ष मनसुनअघि (फागुन–चैतमा) प्रदेशभित्रका सबै खोलानालाको अवस्था निरीक्षण गरी ‘च्यानलाइज’ (निश्चित धारमा बगाउने) गर्नुपर्नेमा जोड दिनु भयो । ‘हाम्रो विकासको मोडल नै त्रुटिपूर्ण भयो । अब पुल र सडक बनाउँदा पानीको बहावको पूर्वानुमान १० गुणा बढी राखेर डिजाइन गर्नुपर्ने देखियो,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने