आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने : पूर्वप्रधानमन्त्री ओली

लोकतान्त्रिक शक्तिहरूलाई संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान

काठमाडौँ ,,२३ असोज। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताउनु भएको छ ।

 

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नु भयो, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’

अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउनु भएको छ। उहाँले भन्नु भयो, ’यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’

 

उहाँले संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै उहाँले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँ भएर संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गर्नु भएको छ।

उहाँले विदेशी कम्पनीहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ’यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन।’

ओलीले अहिलेको सरकार राष्ट्रिय एकताको विपक्षमा र भाँडभैलोको पक्षमा रहेको आरोप लगाउँदै लोकतान्त्रिक शक्तीहरूबिच राष्ट्रिय सहमति र समझदारीको आवश्यकता रहेको उहाँको विचार छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै