आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने : पूर्वप्रधानमन्त्री ओली

लोकतान्त्रिक शक्तिहरूलाई संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान

काठमाडौँ ,,२३ असोज। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताउनु भएको छ ।

 

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नु भयो, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’

अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउनु भएको छ। उहाँले भन्नु भयो, ’यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’

 

उहाँले संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै उहाँले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँ भएर संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गर्नु भएको छ।

उहाँले विदेशी कम्पनीहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ’यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन।’

ओलीले अहिलेको सरकार राष्ट्रिय एकताको विपक्षमा र भाँडभैलोको पक्षमा रहेको आरोप लगाउँदै लोकतान्त्रिक शक्तीहरूबिच राष्ट्रिय सहमति र समझदारीको आवश्यकता रहेको उहाँको विचार छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा

स्वार्थपूर्तिका लागि होइन, कानुनी अड्चन फुकाउन अध्यादेश

काठमाडौँ,२० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले जारी गरेको अध्यादेशबारे प्रष्टीकरण दिनु भएको छ। सरकारले ल्याएको अध्यादेशबारे विभिन्न टीकाटिप्पणी भएपछि

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

मोरङ,२० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजार सहित एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   शनिबार

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट