हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड

काठमाडौँ,२३ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनु भएको छ । १५१ औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ ।

 

‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भन्नु भयो,‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्छ ।’ सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताउनु भयो ।

 

‘स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पु¥याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ’, मन्त्री खरेलले भन्नु भयो । उहाँले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नु भयो।

सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२०), महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा. हर्कबहादुर बुढामगरको तस्बिर अङ्कित टिकटमा टाँचा लगाउनु भएको छ् ।

कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो भने ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रूपमा बिहिबार विश्व हुलाक दिवस मनाइँदैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै