बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षण गर्दै मन्त्री घिसिङ सहित सरकारी टोली

इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारद्धारा इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा

इलाम, २५असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको जानकारी दिनु भएको छ ।

बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षणका लागि आइपुग्नु भएको मन्त्री घिसिङले तीनै तहका सरकार, दातृ निकाय, नीजि क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको जानकारी दिनु भयो।

मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सुुचारु गराउने काम भइरहेको र यसको दीर्घकालिन उपाय खोजिने उहाँको भनाइ छ।

मन्त्री घिसिङले भन्नुुभयो,‘आज भरे अथवा भोलिसम्ममा राजमार्ग सुचारु गराउने काम हुँदैछ, यसको अध्ययन गरेर वैकल्पिक अथवा दीर्घकालीन समस्या समाधानको खोजी गर्ने छौं’ ‘सडक, पूूर्वाधार, खानेपानी, विद्युत सबै क्षेत्रमा काम गर्ने छौं ।’

मन्त्रीसँगै रहनुुभएका गृहसचिव रामेश्वर दङ्गालले पहिलो चरणको विपद्बाट उद्धार, राहत र अस्थायी पुनस्र्थापनापछि दीर्घकालिन पुुनस्थापनाको पाटोमा काम गरिने जानकारी दिनुभयो । भौतिक पूर्वाधार सचिव केशबकुमार शर्माले अहिले मेची राजमार्ग सुुचारु गराउन तत्कालका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

मन्त्री घिसिङले रोङ गाउँपालिका, सूूर्योदय नगरपालिका हुँदै मेची राजमार्गको माईखोला लगायतका स्थानको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले रोङ र सूूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखसँग पनि विपद्का विषयमा छलफल गर्नुभएको हो ।

मन्त्रीसँग विपद्को वस्तुगत जानकारी गराएर पुनः निर्माणका लागि सहयोगको माग गरिएको रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । गृहमन्त्री ओमप्रकाश अर्यालको भम्रण भने पछिल्लो समयमा आएर स्थगित भएको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै