बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षण गर्दै मन्त्री घिसिङ सहित सरकारी टोली

इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारद्धारा इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा

इलाम, २५असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारले इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको जानकारी दिनु भएको छ ।

बाढी पहिरोका कारण विपद्को चपेटामा परेको इलामको निरीक्षणका लागि आइपुग्नु भएको मन्त्री घिसिङले तीनै तहका सरकार, दातृ निकाय, नीजि क्षेत्र सबैको ध्यान यहाँ केन्द्रित होस् र इलामलाई पुुरानै स्थितिमा उभ्याउन सकियोस् भनेर सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको जानकारी दिनु भयो।

मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको निरीक्षणपछि तत्कालका लागि सडक सुुचारु गराउने काम भइरहेको र यसको दीर्घकालिन उपाय खोजिने उहाँको भनाइ छ।

मन्त्री घिसिङले भन्नुुभयो,‘आज भरे अथवा भोलिसम्ममा राजमार्ग सुचारु गराउने काम हुँदैछ, यसको अध्ययन गरेर वैकल्पिक अथवा दीर्घकालीन समस्या समाधानको खोजी गर्ने छौं’ ‘सडक, पूूर्वाधार, खानेपानी, विद्युत सबै क्षेत्रमा काम गर्ने छौं ।’

मन्त्रीसँगै रहनुुभएका गृहसचिव रामेश्वर दङ्गालले पहिलो चरणको विपद्बाट उद्धार, राहत र अस्थायी पुनस्र्थापनापछि दीर्घकालिन पुुनस्थापनाको पाटोमा काम गरिने जानकारी दिनुभयो । भौतिक पूर्वाधार सचिव केशबकुमार शर्माले अहिले मेची राजमार्ग सुुचारु गराउन तत्कालका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

मन्त्री घिसिङले रोङ गाउँपालिका, सूूर्योदय नगरपालिका हुँदै मेची राजमार्गको माईखोला लगायतका स्थानको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले रोङ र सूूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखसँग पनि विपद्का विषयमा छलफल गर्नुभएको हो ।

मन्त्रीसँग विपद्को वस्तुगत जानकारी गराएर पुनः निर्माणका लागि सहयोगको माग गरिएको रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । गृहमन्त्री ओमप्रकाश अर्यालको भम्रण भने पछिल्लो समयमा आएर स्थगित भएको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित