दमक/
होटल तथा पर्यटन क्षेत्रमा सकृय दमकका राजन दंगालले दमकमा नयाँ होटल सञ्चालनमा ल्याउँदै हुनुहुन्छ । दमकको पूर्व बसपार्क छिर्ने ट्राफिक बिटबाट दक्षीणपट्टि दंगालले करिव साढे ३ करोडको लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउने तयारी गरेका हुन ।
दुई दशक होटलको क्षेत्रमा अनुभव गर्नु भएका दंगााले आफ्नो एकल लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउने तयारी गर्नु भएको हो । होटलको नाम के राख्ने पनि जुरेको छैन ।
उज्यालोसँगको संक्षीप्त कुराकानीमा उहाँले भन्नु भयो होटलमा १० वटा एसि सहितका डिलक्स रुपमको प्रवधन्ध गरिएको छ । केहि सजीसजाटका काम गर्न बाँकी छ । अन्य तयारी पुरा भइसक्यो ।
केहि दिनमै यसलाई विधिवत रुपमा उद्धघाटन गरिने उहाँले जानकारी दिनुभयो । भवन , जग्गा र यहाँ प्रयोग गरिएका सामान सहित लगानी करिव साढे ३ करोड पुग्ने उहाँले जानकारी दिनुभयो । दंगाल होटल व्यवसायी सघं प्रदेश १ को अध्यक्ष समेत हुनुहुन्छ ।