प्रहरी महानिरीक्षक खापुङद्वारा इलाका प्रहरी कार्यालय दमकको निरिक्षण

दमक,२६ असोज। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको क्षतिग्रस्त संरचनाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।
खापुङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त संरचनाको पुननिर्माणको अवस्थाबारे जानकारी लिँदै नागरिकस्तरबाट भइरहेको पुननिर्माणको कामको प्रशंसा गर्नुभयो ।

त्यस्तै महानिरीक्षक खापुङले मातहतका सुरक्षा इकाइका प्रमुख तथा प्रतिनिधिहरुलाई आवश्यक निर्देशन समेत दिँदै नागरिकको सेवामा तल्लीन हुन आग्रह गर्नुभयो । महानिरीक्षक खापुङसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी इश्वर कार्की समेत सहभागीह हुनुहुन्छ ।

प्रहरीका उच्च अधिकारीहरुले त्यहाँ जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि शान्ती सुरक्षाको अवस्था र नागरिक –प्रहरी सहकार्यका बिषयमा संवाद समेत गर्नुभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच