आन्दोलनका क्रममा प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार फेला

दमक, २६ असोज । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको अर्को हतियार फेला परेको प्रहरीले जनाएको छ ।

 

आइतबार बिहान अन्दाजी ७ः३० बजे दमक –५ धनेश्वर मन्दिरको पूर्वपट्टीको गेटनजिक जेनजी आन्दोलनका बेला लुटिएकामध्ये .३०३ मार्क ३ राईफल एक थान फेला परेको छ । सो बन्दुक बेवारिसे अवस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए भने उक्त हतियार इलका प्रहरी र्कायलय दमक ल्याई राखिएको प्रहरीले जनाएको छ ।

 

इलका प्रहरी र्कायलय दमकबाटै लुटिएको एसएलआरको ५५ राउण्ड गोली दुई दिनअघि कमलमा फेला परेको थियो ।कमल गाउँपालिका वडा नं.–७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड भेटेको प्रहरीले जनाएको छ ।

 

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको थियो । त्यसमध्ये एउटा हतियार र ५५ राउण्ड गोली मात्र भेटिएको प्रहरीले जनाएको छ। अरु हतियार आन्दोलनकारीहरुसंगै रहेको छ । सरकारले असोज मसान्तभित्र हतियार फिर्ता गर्न भनेपनि अझै फिर्ता भएको छैन ।

यसअघि मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच