बाढीपहिरोले क्षति भएको एक हप्ता बित्दा पनि पाँचथरका पीडितलाई अझै राहत छैन्

पाँचथर,२६ असोज। बाढीपहिरोले क्षति पु¥याएको एक हप्ता बित्दासम्म पनि पाँचथरका पीडितले अझै राहत पाउन सकेका छैनन् ।

 

सरकारले १८, १९ र २० असोजमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउने भने पनि यहाँको जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरूले मृतक तथा घाइतेका परिवार र विस्थापितलाई राहत उपलब्ध गराँउन सकेको छैनन् ।

केही स्थानीय तहले फ्याट्टफुट्ट राहत वितरण गरेका भए पनि अधिकांश स्थानीय तहले ढिलाइ गरेको जानकारी पाइएको छ ।

सरकारले मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत, घाइतेलाई उपचार खर्च र पूर्णरुपमा विस्थापित भएको परिवारलाई राहत दिने घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले घटना भएको दिनदेखि नै स्थानीय तहलाई राहतका लागि खबर गरिएको बताउनु भयो । ‘घटना भएकै दिन स्थानीय तहमा खबर पठाएका छौँ । उहाँहरू सम्पर्कमा आइसक्नुभएको छैन् । कागजात आएपछि रकम जम्मा गर्दिन्छौँ ।’

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सो बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् भने , १७ परिवार पूर्णरुपमा विस्थापित भएको बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै