बाढीपहिरोले क्षति भएको एक हप्ता बित्दा पनि पाँचथरका पीडितलाई अझै राहत छैन्

पाँचथर,२६ असोज। बाढीपहिरोले क्षति पु¥याएको एक हप्ता बित्दासम्म पनि पाँचथरका पीडितले अझै राहत पाउन सकेका छैनन् ।

 

सरकारले १८, १९ र २० असोजमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउने भने पनि यहाँको जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरूले मृतक तथा घाइतेका परिवार र विस्थापितलाई राहत उपलब्ध गराँउन सकेको छैनन् ।

केही स्थानीय तहले फ्याट्टफुट्ट राहत वितरण गरेका भए पनि अधिकांश स्थानीय तहले ढिलाइ गरेको जानकारी पाइएको छ ।

सरकारले मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत, घाइतेलाई उपचार खर्च र पूर्णरुपमा विस्थापित भएको परिवारलाई राहत दिने घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले घटना भएको दिनदेखि नै स्थानीय तहलाई राहतका लागि खबर गरिएको बताउनु भयो । ‘घटना भएकै दिन स्थानीय तहमा खबर पठाएका छौँ । उहाँहरू सम्पर्कमा आइसक्नुभएको छैन् । कागजात आएपछि रकम जम्मा गर्दिन्छौँ ।’

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सो बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् भने , १७ परिवार पूर्णरुपमा विस्थापित भएको बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन