मेची राजमार्गको विकल्प मानिएको तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनको तयारी

इलाम, २९ असोज। मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको स्रोतले जनाएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो ।

 

“जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा रहेका छौं ।”

उहाँका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको हो । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको छ।

 

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनु भयो । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको थियो। ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीले सास्ती खेपनु परेको छ ।

इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालीनका लागि प्रमुख विकल्प मानिएको हो। आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका हुन्।

ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले जानकारी दिनु भयो। तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उहाँको विचार छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद रहेको छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको हो। जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित