मेची राजमार्गको विकल्प मानिएको तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनको तयारी

इलाम, २९ असोज। मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको स्रोतले जनाएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो ।

 

“जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा रहेका छौं ।”

उहाँका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको हो । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको छ।

 

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनु भयो । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको थियो। ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीले सास्ती खेपनु परेको छ ।

इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालीनका लागि प्रमुख विकल्प मानिएको हो। आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका हुन्।

ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले जानकारी दिनु भयो। तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उहाँको विचार छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद रहेको छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको हो। जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै