एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी, अध्यक्ष ओलीले प्रतिवेदन पेश गर्ने

काठमाडौँ,२९ असोज । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी ललितपुरको जवालाखेल स्थित भनिमण्डलमा जारी रहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नु हुन्छ ।

 

सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरूको भनाइ रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनस्र्थापनामा जोड दिइ रहेका छन् ।

 

लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने ओलीको जोड रहेको छ । त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बताएको छ।

प्रतिनिधि सभा पुनस्र्थापनाको मागमा जनता सडकमा आउने उहाँको विश्वास रहेको छ । केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै