निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दै

काठमाण्डौ,२९ असोज। आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढि रहेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दै गएको छ ।

 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको लागि प्रक्रिया बुझ्न आउनेको संख्या धेरै रहेको छ, तर अहिलेसम्म तीन वटा मात्रै फाइल प्राप्त भइ सकेका छन् । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उहाँले बताँउनु भयो। प्रवक्ता भट्टराईका अनुसार सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइने तयारी भएको छ ।

 

मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहने छ । तर फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मङ्सिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको जनाएको छ ।

 

कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका दलले चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता भट्टराईले बताँउनु भयो । दल दर्ताको लागि आयोगले यसअघि नै सार्वजानिक आह्वान गरिसकेको स्रोतले जनाएको छ । उहाँका अनुसार एक सय २२ दलहरू पहिले नै दर्ता भइसकेका छन् भने कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

 

नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्छ भने यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफलको लागि तयारी अगाडी बढाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ ।

संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको र त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै जाने उहाँले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित