निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दै

काठमाण्डौ,२९ असोज। आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढि रहेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दै गएको छ ।

 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको लागि प्रक्रिया बुझ्न आउनेको संख्या धेरै रहेको छ, तर अहिलेसम्म तीन वटा मात्रै फाइल प्राप्त भइ सकेका छन् । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उहाँले बताँउनु भयो। प्रवक्ता भट्टराईका अनुसार सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइने तयारी भएको छ ।

 

मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहने छ । तर फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मङ्सिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको जनाएको छ ।

 

कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका दलले चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता भट्टराईले बताँउनु भयो । दल दर्ताको लागि आयोगले यसअघि नै सार्वजानिक आह्वान गरिसकेको स्रोतले जनाएको छ । उहाँका अनुसार एक सय २२ दलहरू पहिले नै दर्ता भइसकेका छन् भने कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

 

नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्छ भने यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफलको लागि तयारी अगाडी बढाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ ।

संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको र त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै जाने उहाँले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै