इजरायलमा हमासको आक्रमणमा निधन भएका विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइयो

काठमाडौँ,३ कार्तिक । इजरायलमा हमासको कब्जामा परी निधन भएका विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः ३५ बजे काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्नु भएको छ।

 

प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ्। शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव, परराष्ट्र सचिव, नेपालका लागि इजरायली राजदूत लगायतका विशिष्ट महानुभावहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।

 

जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उनको घरमा पु¥याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले बताएको छ। इजरायली सरकारको तत्त्वावधान तथा इजरायलस्थित नेपाली राजदूतावासको समन्वयमा उनको शव नेपाल ल्याइएको छ।

गत वर्ष ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका जोशीको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो।

उक्त आक्रमणमा १० जना निर्दोष नेपाली विद्यार्थीको पनि निधन भएको थियो। सरकारले बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि हरसम्भव प्रयास गरेको मन्त्रालयले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै