लक्ष्मी पूजाका दिन हिजो दमकमा अत्यधिक सवारी दुर्घटना

दमक, ४ कात्तिक । लक्ष्मी पूजाका दिन हिजो दमकमा अत्यधिक सवारी दुर्घटना भएको छ ।हिजो साँझ ६ः३० बजे दमक नगरपालिका वडा न. ५ यलम्बर चोकस्थित भित्री सडकखण्डमा राजमार्गबाट यलम्बर चोकतर्फ जाँदै गरेको को १८ प ३७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री पाँचथर याङवरक २ घर भई हाल दमक ५ मा डेरा गरी बस्ने बर्ष २५ की एलिसा लिम्बूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । उपचारमा मोटरसाइकल चालक दमक ५ बस्ने बर्ष २१ का सौगात बिक संलग्न रहेको प्रहरीले बताएको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै गएराति ८ः३० बजे दमक नगरपालिका वडा न. १ चुलाचुली बोर्डिङस्थित भित्री सडकखण्डमा हवल्दार चोकबाट फाल्गुनन्द चोकतर्फ जाँदै गरेको मे.४ प ७०२२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।साइकलयात्री दमक १ बस्ने बर्ष ६५ का श्यामदेव महतोको अनुहार र दुबै हातखुट्टामा चोट लागेको छ । दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक २ बस्ने बर्ष २४ का रोमन कार्की पनि घाइते भएका छन् । उनको दमक अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

त्यस्तै राति ९ बजे दमक वडा नं. ५ गुम्बा चौकस्थित भित्री सडकखण्डमा गुम्बा चौकवाट डिपुचौकतर्फ जाँदै गरेको प्र१–०१–०१६प ३५३४ नं. को मोटरसाइकलले साइकलयात्री दमक ३ बस्ने बर्ष ५२ का रामकुमार दर्जीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते साइकलयात्रीको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक .५ बस्ने बर्ष २९ का यादव राई पनि घाइते भएका छन् । टाउकोमा चोट लागेर सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई मोटरसाइकलसहित उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

 

एआइ तस्बीर

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै