दमक, ५ कार्तिक ।साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैं जन्म जयन्ती एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक नगर पालिका वडा नं ६ का वडाअध्यक्ष टेक बहादुर थापाको बिशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि डा.तुलसि प्रसाद भट्टराई,बिशिष्ट अतिथि वडा अध्यक्ष टेक बहादुर थापा ,दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारी,साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक,प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई र प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना लगायतले सयुक्त रुपमा देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए । उक्त कार्यक्रममा दर्जनभन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्ने स्रष्टाहरुमा
उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा खनाल काफ्ले, चन्द्रा गडतौला ,महासचिव ओमप्रसाद खनाल, सहसचिव मेघनाथ बन्धु,सदस्य बिवेक दुलाल क्षेत्री, साहित्यकार रधुनाथ भण्डारी,नारायणप्रसाद शर्मा,बाला भट्टराई रहेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला सङगमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक र प्रतिभा निकेतनका अध्यक्ष कमल राज भट्टराईले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।









