दमकमा खुल्यो रोज गार्डेन, ४० बढि प्रकारका गुलाफका फुल फुल्दै

दमक/
झापाको दमकमा रोज गार्डेन सञ्चालनमा आएको छ । झण्डै ४० प्रजातीका गुलावका फूलहरु एकै बगैचामा फुल्ने  गरिको गार्डेन निर्माण गरिएको छ । दमक नगरपालिका र स्थानीय नागरिकको लगानीमा सो गार्डेनको निर्माण गरिएको हो ।

झापाको दमक ७ स्थित रेडक्रस सोसाईटि भवनको पश्चिम पट्टिको खाली जमिनलाई दमक नगरपालिकाले सदुपयोगमा ल्याएको छ । यो ठाउँलाई अव गुलावै गुलाव फुलाएर नयाँ पार्कको रुपमा विकास गर्ने काम सुरु भएको छ । यसले दमकको पहिचानलाई विस्तार गर्न थप मद्यत पुग्ने विस्वास गरिएको छ । यहि वडाका स्थानीयबासी भूमिराज राई ब्यस्त शहर दमकमा एकछिन भएपनि मन भुलाउने ठाउँ तयार भएकोमा खुसी व्यक्त गर्नु हुन्छ । केहि बेर भएपनि प्राकृतिकरुपमा फूल्ने फूहरुहरुको सुघन्धले मनलाई आनन्दित दिने ठाउँ तयार भएको उहाँले बताउनु भयो ।

यहाँ न्यूनतम ४० प्रकारका गुलावका फूलहरु रोपीएको छ । विभिन्न फूलहरुलाई एकै ठाउँमा रोपीएका कारण फूलिसकेपछि एउटै बगैचामा थरी थरीका फूल फुलेको देख्दा निकै आकषणर् देख्न सकिन्छ । यहाँ रोपिएका फूलहरुको व्यवस्थापन गर्नु भएका झापा सुरुङ्गमा दिपज्योती फूलबारी सञ्चालन गरिरहनु भएका दिपक कुमार सिवाकोटीले यहाँ फूल्ने फूलहरुबाट गुलावजल लगायत गुलावबाट बन्ने अन्य पदार्थहरु पनि बनाउन सकिने बताउनु हुन्छ ।

हेर्दा थोरै क्षेत्र भएपनि यहाँ २१ देखी २५ सय सम्मका गुलावका फूलहरु फुल्ने छन् । यसको अर्किटेक गर्नु भएका पारस खड्का भन्नु हुन्छ यो क्षेत्रमा कम्तीमा हिडडुल गरेर एक बिहानको मर्नीङ वक गर्न पुग्ने गरिको डिजाईनमा बनाइएको बताउनु भयो । फूलहरुपनि रोप्न पुग्ने , छेउ छाउ हिड्न पनि पुग्ने र फोटोहरु खिच्न मिल्ने केहि संरचनाहरु पनि तयार पारिएको खड्काले बताउनु भयो ।


यो योजना सम्पन्न गर्न कुल २१ लाख ३१ हजार ५ सय १२ रुपैँया लगानी लागेको छ । यसमा दमक नगरपालिकाको २० लाख लाख र बाँकी स्थानीय उपभोक्ताले लगानी गरेका हुन । २०७८ साल पुष २३ गते यो योजनाको काम गर्ने र २०७९ साल बैशाख ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । यद्यपी यो आयोजनाको सिलान्यास भने दमकका जनप्रतिनिधी निर्वाचित भएर आउने वित्तीकै भएको थियो ।

शनिबार विधिवत रुपमा उद्धघाटन गरिएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राई रहनु भएको थियो । विशिष्ट अतिथीमा दमक नगरपाकिलाका प्रमुख रोमनाथ ओली रहनु भएको थियो । अतिथीहरुमा नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना सहित विभिन्न वडाका वडाध्यक्ष, दमकमा रहेका विभिन्न सघं सस्थाहरुका पदाधिकारी तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो । कार्यक्रम रोज गार्डेन निर्माण तथा सहयोग समितीका अध्यक्ष कृष्ण प्रसाद थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा