दमक /
सामाजिक न्याय र लैङ्िगक समानता : दिगो बिकासमा सुनिश्चितता भन्ने नारा सहित झापाको दमकमा प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । ११२ औ अन्तरास्ट्रिय महिला दिवसको अबसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आज दमक नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ ।
दमक नगरपालिकाको नगर खेलकुद बिकास समिती, दमक भलिबल बिकास उप समिती, दमक कराते खेल उप समितिको आयोजनामा फागुन २१ गते देखि २४ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद बिकास समितीका अध्यक्ष भिम केसिले जानकारी दिनुभयो । गाउघरमा रहेका महिला खेलाडीको आत्मबल बिकास गराउन र खेल मार्फत उनिहरुको क्षमता प्रदर्शन गराउन महिला लक्ष्यित भलिबल प्रतियोगिता आयोजना गरिएको दमक भलिबल विकास उप समिती संयोजक तेजु धिमालले जानकारी दिनु भयो ।
महिलाहरुलाइओ खेल मार्फत चिनाउन यो प्रतियोगिताले मद्धत पुग्ने बिश्वास नगरको छ । नगरकी उप प्रमुख गीता अधिकारीले महिला खेलाडीलाइ आत्मरक्षाका विभिन्न खेल तथा अन्य प्रतियोगितामा सहभागी गराएर हिम्मत बढाउन सहयोग गरिरहेको बताउनु भयो
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौ , नेपाल पुलिस क्लब काठमाडौ ,नेपाल सशस्त्र प्रहरी बल काठमाडौ ,न्यु डाईमन्ड स्पोट्स एकेडेमी काठमाडौ र आयोजक प्रदेश एक ए र बि सहभागी बन्ने छन ।प्रतियोगीताको बिजेताले नगद दुई लाख, द्वितीयले १ लाखका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । साथै विभिन्न बिधागत ,उत्कृष्ट खेलाडी र सान्त्वना पुरस्कारको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ९ लाख ४० हजार खर्च हुने अनुमान गरिएको छ । जसमा नगरपालिकाले ८ लाख अन्य सहयोगी संस्था तथा ब्याक्तीबाट संकलन गरिने जनाईएको छ ।
यस्तै फागुन २७ देखि २९ गते सम्म प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते खेल प्रतियोगिता पनि हुने भएको छ ।कराते खेल सम्पन्न गर्न कुल १२ लाख ५० हजार लाग्ने पुर्वानुमान गरिएको छ । यसमा नगरपालिका बाट ३ लाख , १ नम्बर प्रदेश सभासदस्य अर्जुनराईको निर्वाचन क्षेत्र विकास कोषबाट २ लाख र अन्य सस्थाहरुबाट ५ लाख ५० हजार संकलन गरिने कराते खेल बिकास उप समिति संयोजक बिमल खतिवडाले जानकारी दिनु भयो ।
भलिबल दमक ७ स्थित पशुहाट र कराते सिद्धार्थ माबीको खेल मैदानमा हुने छ ।मार्च ८ तारिख अर्थात भलिबल समापनका दिन महिला लक्ष्यित अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने जनाईएको छ ।