दुई मन्त्रीबाहेक सबैको सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक हुन बाँकी

काठमाडौं,३० कार्तिक । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भइसकेको छ । अहिलेसम्म सरकारमा १० जना मन्त्री सहभागी रहेका छन् । दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने प्रचलन भए पनि केही मन्त्रीले अझै सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिलेसम्म दुईजना बाहेक सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइ सकेको छ । मन्त्रालयको वेबसाइटका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतमले सम्पत्ति विवरण नबुझाएको जानकारी पाइएको छ ।

प्रधानमन्त्रीसहित बाँकी मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेको विवरण वेबसाइटमै उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार सम्पत्ति विवरण छिट्टै सार्वजनिक हुने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश

बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको