एमालेको कारण देश राजनीतिक संकटमा फसेको आरोप ,मधेसमा अस्थिरता निम्तिएको विपक्षी दलको दाबी

धनुषा,२ मंसिर । मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना लगायतका आन्दोलनको कार्यक्रम जारी राखेको समयमा मुख्यमन्त्रीका समर्थक तथा एमालेका नेता कार्यकर्ताहरू पनि धर्नामा उत्रिएका हुन्् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित उहाँको समर्थकहरू धर्नामा बसेका हुन्।

जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताउनु भयो ।

सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका हुन्। यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको हो। सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाइ जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलीय गठबन्धनले मुख्यमन्त्री यादवलाई काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरूले आरोप लगाएका छन् ।

यता सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ दलीय गठबन्धनले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा आफ्नो आन्दोलनको कार्यक्रमलाई जारी राखि रहेका छन्। मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज मङगलबार न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदै छ ।

यता ७ दलले मंगलबार ९औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् । धर्नामा बस्नु भएका जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इशारामा अस्थिरता निम्तिएको आरोप लगाउनु भयो । उहाँले आफूहरू मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरू ९ औँ दिनपनि जारी राखेको बताउनु भयो ।

मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेसमा आन्दोलन थालेको छ । नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै सात दलका नेता–कार्यकर्ता धर्नामा बसि रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन