बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

bajar

 

 

भक्तपुर नगरपालिका अनुगमन समितिले वडा नम्बर १० पाइपलाइन बजारमा अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले अनुगमनमा बेस्ट भेराइटीमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

साथै, म्याद नाघेको सामानहरू म्यागो जुस एउटा, केक गोब्लस् एक पाकेट, ज्ञान आँटा ६ पाकेट, रोजमेरी आठ बट्टा, भ्यासिलिन एउटा, कोकोनट क्रन्च एक पाकेट, पोटाटो चिप्स एक पाकेट, ल्याक्टोजेन दुई पाकेट, सेरेलेक एक पाकेट, फेन्टा एउटा जफत गरी नष्ट गरिएको छ ।

लाइभ बेकरीमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेङिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, ओभन भएको स्थानमा फोहर देखिएकाले सरसफाइमा ध्यान दिन, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग गर्न निर्देशन दिई म्याद नाघेको सामान स्लाइस सात वटा, तान्ग हेभेन एक पाकेट, क्रिमवेल आईसक्रिम पाँच पाकेट र म्याद नाघेको खाद्य कलर जफत गरी नष्ट गरिएको छ । तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

एच के खाद्य स्टोरमा तराजु नापतौल विभागमा नवीकरण गर्न, चामलको बोराहरूमा उत्पादन मिति नभएकाले उत्पादन मिति नभएको बिक्रीवितरण नगर्न निर्देशन दियो । त्यस्तै, राज्यलक्ष्मी कोन्डाको किराना पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामान छुट्टै राख्न निर्देशन दियो । गिरी किराना तथा खुद्रा स्टोरमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरू शुद्ध आँटा एक प्याकेट, सेभियान सुजी दुई प्याकेट जफत गरी नष्ट गरियो ।

ज्यू आमाको पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दियो । पाइपलाइन ऐला वेभरेज नवीकरण गर्न, मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामान जम्बो ड्यु सातवटा, पाँच सय मिलिको ड्यु आठवटा, पशुपति पापड पाँच प्याकेट, विकानेट पापड ६ पाकेट जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा स्यानिटेसका नगर निरीक्षक। दिलीपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँको सहभागिता थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित