बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

 

 

भक्तपुर नगरपालिका अनुगमन समितिले वडा नम्बर १० पाइपलाइन बजारमा अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले अनुगमनमा बेस्ट भेराइटीमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

साथै, म्याद नाघेको सामानहरू म्यागो जुस एउटा, केक गोब्लस् एक पाकेट, ज्ञान आँटा ६ पाकेट, रोजमेरी आठ बट्टा, भ्यासिलिन एउटा, कोकोनट क्रन्च एक पाकेट, पोटाटो चिप्स एक पाकेट, ल्याक्टोजेन दुई पाकेट, सेरेलेक एक पाकेट, फेन्टा एउटा जफत गरी नष्ट गरिएको छ ।

लाइभ बेकरीमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेङिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, ओभन भएको स्थानमा फोहर देखिएकाले सरसफाइमा ध्यान दिन, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग गर्न निर्देशन दिई म्याद नाघेको सामान स्लाइस सात वटा, तान्ग हेभेन एक पाकेट, क्रिमवेल आईसक्रिम पाँच पाकेट र म्याद नाघेको खाद्य कलर जफत गरी नष्ट गरिएको छ । तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

एच के खाद्य स्टोरमा तराजु नापतौल विभागमा नवीकरण गर्न, चामलको बोराहरूमा उत्पादन मिति नभएकाले उत्पादन मिति नभएको बिक्रीवितरण नगर्न निर्देशन दियो । त्यस्तै, राज्यलक्ष्मी कोन्डाको किराना पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामान छुट्टै राख्न निर्देशन दियो । गिरी किराना तथा खुद्रा स्टोरमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरू शुद्ध आँटा एक प्याकेट, सेभियान सुजी दुई प्याकेट जफत गरी नष्ट गरियो ।

ज्यू आमाको पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दियो । पाइपलाइन ऐला वेभरेज नवीकरण गर्न, मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामान जम्बो ड्यु सातवटा, पाँच सय मिलिको ड्यु आठवटा, पशुपति पापड पाँच प्याकेट, विकानेट पापड ६ पाकेट जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा स्यानिटेसका नगर निरीक्षक। दिलीपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँको सहभागिता थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको