दमकको ग्लोवलमा देखाइयो ‘लाईभ बार टेण्डर’ विद्यार्थीहरुमा बढ्यो उत्साह

दमक, ५ मंसिर । एकजना बार टेण्डर गर्ने यूवा । हातमा बोतल र गीलास बोकेर यसरी घुमाईरहनु भएको छ कि यहाँ सहभागी भएका अन्य विद्यार्थीहरुका लागी मानौ यहाँ कुनै सर्कस प्रदर्शन भइरहेको छ । बार टेण्टरमा यस्ता दृष्य सामान्य भएपनि अन्य सर्वसाधारणका लागी यो दृष्य नौलो हो । यती मात्रै नभएर दुईवटा बोतलको मुखमा हुरहरी बलेको आगो र त्यसलाई आकर्षक ढंगबाट खेलाइएको दृष्यले पनि सबैलाई चकीत बनाइरहेको थियो । अझ बिच बिचमा निकालीएको आगोको ज्वाला थप रोचक थियो ।

बार तथा रेष्टुरेण्डमा बिभिन्न पेय पदार्थको कक्टेल गर्ने र त्यसबेला ग्राहकको ध्यान आकर्षण यसखालका काम र गतिबिधी गर्ने गरिन्छ । यती मात्रै नभएर यहाँ मक्तेल बनाएर बिभिन्न जुसहरु समेत बनाउन सिकाइएको थियो ।
यी सबै कला होटल म्यानेजमेण्ड अध्ययन गर्ने विद्यार्थीका लागी आवश्यकीय हो । यस्तो सिप कसरी सिक्ने भन्नेबारेमा विद्यार्थीलाई दमक ६ मा रहेको ग्लोवल एजुकेशनल एकेडेमीले शैदान्तीक त सिकाएको थियो तर शुक्रबार त्यसको प्रत्यक्ष गराइ त्यो पनि कलेजमै देख्न पाउँदा विद्यार्थीहरुमा निकै उत्साह थपीएको थियो ।

विद्यार्थीहरुलाई कितावी ज्ञानमात्रै दिएर हुँदैन । शैन्दान्तीक ज्ञानले उनीहरुलाई बोल्न जान्ने वा लेख्न जान्ने बनाउन सक्ला । सोधेको बेलामा जवाफ दिन सक्लान । तर गर्नुपर्यो भने त्यो काम लाग्दैन । गर्नकालागी प्रयोगात्मकनै चाहिन्छ । आफै प्रत्यक्ष लागेर नगरे सम्म त्यो सिकाईले उपलब्धी दिदैन । यही कुराको मद्यनजर गरेर ग्लोवल एजुकेशनल एकेडेमी दमकले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई बिषयअनुसारका तालीम, गोष्टि , सेमिनार मात्रै गराउँदैन अन्य प्रयोगात्मक अभ्यास पनि गराउँछ । त्यो पनि सम्बन्धीत क्षेत्रका बिज्ञ र अनुभवीलाई विद्यालयमै बोलाएर । सोहि अन्तगर्त शुक्रबार पनि होटल म्यानेजमेण्ड अध्ययन गरिरहेका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई बार टेण्डरको बारेमा प्र्रत्यक्ष जानकारी दिइएको विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै केहि दिन अघी यस विद्यालयबाट पास आउट भएर गएका विद्यार्थीहरु जो बिभिन्न विस्व विद्यालयमा अध्ययन गरिरहेका छन् ती मध्ये सत् प्रतिशत छात्रबृद्धि पाउन सफल भएकाहरुलाई बधाई सहित सुभकामना व्यक्त गरेर थप हौसाला समेत प्रदान गरेको छ । जस अन्तर्गत आई ओ इद्धारा इन्जिनीयरीङ विषयकालागी लिइएको परिक्षामा पूर्ण छात्रबृद्धि पाउन सफल सुजीत निरौला र धीरज भट्टराई साथै सि इ इ र आओइ को मेरिट लिस्टमा परेर अध्ययन गर्नेहरु सुधा गौतम, बिपुल पौडेल र स्नेहा पोखरेललाई समेत सम्मान सहित बधाई ज्ञापन गरिएको थियो । यसबाट विद्यालय छोडेर गएका विद्यार्थीकालागी पनि थप प्रेरणा बढाउन विद्यालयले हरदम काम गरिरहेको सन्देश दिन खोजीएको विद्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा