सीताराम विवाहपञ्चमी र यसको महत्त्व


दमक,८ मंसिर ।
मंसिर शुक्ल पंचमी तिथिलाई विवाहपंचमी भनिन्छ । यो तिथिका दिन नै त्रेतायुगमा भगवान श्रीराम र माता सीताको विवाह भएको थियो । यसै समयदेखि सनातन हिन्दु सभ्यताका अनुयायीहरुले विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाउने चलन रहेको छ । हिन्दु सभ्यतामा विवाह एक आदर्शजीवनको संस्कार हो । गृहस्थधर्मको आदर्श लगायतका अनेक आध्यात्मिक सामाजिक लाभ हिन्दु विवाह संस्थाको अन्तर्निहित पक्ष हो ।

विश्वमा सभ्यता र संस्कृतिको उदयसंगै जब मानवले सामाजिक जीवनको सूत्रपात गर्यो त्यसवेला देखि विवाह प्रणाली प्रारम्भ भयो । जुन राष्ट्रमा यो प्रणाली जति सुसंस्कृत रुपले मनाईयो त्यो देश त्यति नै विकशित भो । विवाह परम्परा नहुनु हो भने मानव पशु भन्दा नीच हुने थियो ।न उसकी पत्नी न आमा न दिदी बहिनी । केवल मानव भोग विलासमा लिप्त भएर सर्वत्र बलात्कार र ब्यभिचारमा लिप्त रहने थियो । न सभ्यता न संस्कृति न परिवार न शिक्षा । विज्ञान शून्य मानव । विवाह संस्थाले सन्तानमात्र हैन अनेक प्रकारका पेशा र रोजगार जन्माउछ । विवाह सुब्यवस्थित सामाजिक जीवनको अंगमात्र हैन ईश्वरको सृष्टिविन्यासको निरन्तरता हो । देव पितृ ऋणमोचनको पवित्र कार्य हो विश्व बन्धुत्वको अभ्यास र त्यागपूर्ण जीवन औ मुक्तिको माध्यम हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ