ताप्लेजुङ अस्पतालको प्रसूति कक्षभित्र भालु पस्यो

HanktheTank

 

 

ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए ।

सुरुमा कुुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन् ।

अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरुको अनुमान छ । ढोका थुनेपछि भालुले बाहिर निस्कने प्रयास गरिरहेको छ । भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ ।

डिभिजनल वन कार्यालयका प्रमुख विरेन्द्र शाहका अनुसार भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको छ । ‘उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको छ,’ शाहले भने, ‘रातको समयमा ढोका खोलिदिए आफ्नो बासस्थानमा आफैं पनि जानसक्छ ।

यदि नगएको खण्डमा चितवन वा काठमाडौंबाट प्राविधिक टोली झिकाउनु पर्ने हुनसक्छ ।’ प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकाल्न सक्ने उनले जानकारी दिए ।

चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु झरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको अनुमान छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको