जेसीज सप्ताह समापनमा उर्लाबारीमा कविता प्रतियोगिता

पथरी शनिश्चरे, १४ मंसिर / उर्लाबारी जेसीज मोरङले जेसीज सप्ताहको अन्तिम दिन आइतबार नगरका विद्यालयस्तरीय कविता प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीहरुलाई सृजनशील बन्ने सन्देश दिएको छ ।

‘कलम र कल्पना –कविता बोल्ने दिन’को स्लोगन राखिएको कार्यक्रममा १६ वटा विद्यालयका १६ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । जसमध्ये नेपाल आदर्शकी निपेक्षा कोइरालाको ‘जेन्जी’, राधिका माविका सुनील पाण्डेको ‘बाँच्न गाह्रो छ’, हिमचुलीकी पुष्पा श्रेष्ठको ‘मेरो कलम चल्दा मन बोल्छ’ र सुनगाभा बोर्डिङकी साइप्रिया बरालको ‘जीवनका भोगाइहरु’ कविताले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्दै नगद र मेडल पुरस्कार हात पारेको थियो ।

उर्लाबारी जेसीज अध्यक्ष भाइटीका भट्टराईको अध्यक्षताको कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेरिङ, साहित्यकार एवम् पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार कृष्ण उदासीसहितले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुलाई सृजनशील बनाउने काममा जेसीजको कार्यक्रमप्रति प्रशंसा गर्नुभयो ।
प्रतियोगितामा सर्जकहरु भूपेन्द्रराज तिम्सिना, बैदिक अत्री र गगन योक्पाङ्देन निर्णायक रहनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर