मोरङ,१८ मंसिर । जेसीज बस्तीका रुपमा घोषणा गरिएको मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ मुसहरघट्टामा पथरी जेसीजले न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
पथरी जेसीजको स्थापना दिवसका अवसरमा आर्थिक विपन्न मुसहर समुदायका २० परिवारलाई फाइबर सिरक वितरण गरिएको अध्यक्ष निर्मला भट्टराई लक्ष्मीले जनाउनु भयो । सो अवसरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
आर्थिक समस्याले पिरोलिएको मुसहरघट्टाको समृद्धि तथा चेतना अभिवृद्धिमा सघाउन सो बस्तीलाई अघिल्लो वर्ष जेसीज गाउँ घोषणा गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।









