दैनिक ५ टन मल उत्पादन, कोशीलाई अर्गानिक क्षेत्र बनाउन जोड

उर्लाबारी, २१ मंसिर । रासायनिक तत्वले प्राणी मात्र नभएर सिंगो पर्यावरणलाई घात गरिरहेको अवस्थामा एक प्राङ्गारिक मल उद्योग कोशी प्रदेशलाई रासायनिक तत्व मुक्त गरेर अर्गानिक उत्पादन गराउने अभियानमा छ ।

 

मोरङको उर्लाबारी ९ का युवा राजीव खड्काको अगुवाईमा ३ वर्षअघिबाट प्राङ्गारिक मल उद्योग सञ्चालन गर्दै हाल दैनिक ५ मेट्रिक टन मल उत्पादन गर्न थालिएको छ । हाल ५० मेट्रिक टन मल मौजाद रहेको बताउँदै कोशी प्रदेशलाई रासायनिक मल मुक्त गर्न सकिने हाम्रो उन्नत प्राङ्गारिक मलका सञ्चालक खड्काले लक्ष्य राख्नु भएको छ ।

 

हिमादेवी भट्टराईले श्रीमान राजीवलाई मल उत्पादनमा हरपल साथ दिनुमात्र होइन, प्रोप्राइटरका रुपमा सँगसँगै अघि बढ्नु भएको छ । सँगसँगै बैदेशिक रोजगारमा रहेको अवस्थामा त्यसलाई त्यागेर आफूहरुले आफ्नै देशमा माटोका लागि थालिएको काम सन्तोषजनक हुँदै गएको उहाँको भनाई छ ।

 

 

हाल अन्य २ जना साझेदार समेत थप गरी शिवशक्ति बायोटेक कम्पनी मार्फत हाम्रो उन्नत प्राङ्गारिक मल उद्योग, आमा कृषि फर्म, जयशम्भू कृषि भण्डार र बिर्तामोड एपेक्स बायोटेक कम्पनीले मलका साथै विषादी र आलुको टिस्यूकल्चरसहितमा काम गर्ने बृहत योजना अघि बढाइएको छ । गोबर, सुली सहितका १२ प्रकारका तत्वहरु मिसाएर दानेदार लगायतका ५ खाले मल उत्पादन भइरहेको छ । अरुले बिक्री गर्दै आएको भन्दा आधा कम मूल्यमा गुणस्तरीय मल बिक्री गरेर किसानलाई राहत पुर्याउँदै आएको उहाँको दाबी छ । यसका साथै आलुको बीउ उत्पादन कार्य पनि सँगसँगै अघि बढेको छ ।

 

पछिल्लो पटक कोशी प्रदेश सरकारको लगानी सम्मेलन मार्फत सो उद्योगका लागि २७ करोडको केन्द्रीय योजना परेको छ । प्राविधिकहरु राखेर दानेदार मल उत्पादन गरिरहेको उद्योगले हालसम्म काठमाडौंमा ६ वटासहित कर्लाणी सहकारीका ४० भन्दा बढी शाखा तथा १० डिलरमार्फत बिक्री वितरणलाई राष्ट्रव्यापी बनाउने अभियान सञ्चालन गरिरहेको छ । रासायनिक मलको डिलर खोल्ने र त्यसलाई अनुदान दिने कार्यक्रम रोक्दै प्राङ्गारिक मलको उत्पादनमा अनुदान दिने नीति सरकारले ल्याउनै पर्नेमा दम्पतीको जोड छ ।

https://www.facebook.com/share/v/17qwZ987CR/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते

जनकपुरमा ३ :३० देखि कर्फ्यु जारी

जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु