प्रदेश १ को नामाकरण

प्रदेश १ को नाम कोशी हुनुपर्छ : अध्यक्ष ओली

IMG_20220305_105339

झापा/
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिनु भएको छ । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उहाले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गर्नु भएको छ ।

किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राख्नु भयो । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै उहाले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि आरोप लगाउनु भयो । सबै समुदाय ,भुगोलको एकजुट भएमा सबै क्षेत्रको बिकास र समृद्धि प्राप्त हुने उहाले उल्लेख गर्नु भयो । त्यसैले उहाको सुझाब छ सबैलाई अटाउने, सबैलाई समेट्ने प्रदेश १ को नाम कोशी मात्रै हुने भएकोले यहि नाम राख्न उहाको सुझाब छ ।
माओवादी समाप्त हुँदै छ
यहि कार्यक्रममा उहाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टी आगामी चुनावबाटै सकिने दावी गर्नु भएको छ । खहरे खोला जस्तो एक पटक निकै अग्र स्थानमा आएको पार्टी अहिले क्रमश सकिदै गएको टिप्पणी गर्नु भयो । धेरै महत्वाकांक्षी भएका कारण र आफ्नो नीति र सिद्धान्तमा टिक्न नसकेका कारण माओवादी आफै सकिदै गएको उहाको टिप्पणी थियो । उहाले आगामी चुनावमा माओवादीको पत्तासाफ हुने र माधव नेपालको समूह पार्टी नै नबनी कोपिलैमा ओइलिने उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन