धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्

received_913592272665469

धरान ।
दशाैँ धरान रनमा निर्धारित दूरी १० किलोमिटर ३५ मिनेट २६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । उनलेे यसअघिको धरान रनको रेकर्ड समेत तोड्न सफल भइन । यसअघि धरान रनको रेकर्ड एपीएफकै कान्छीमाया कोजुको नाममा थियोे ।

कान्छीमायाले साताैँ संस्करणमा निर्धारित दुरी ४१ मिनेट १४ सेकेन्डमा पार गरेकी थिइन् । आज पुस्पाले निर्धारित दूरी ३५ मिनेट २६ सेकेन्डमा पूरा गरेर कान्छीमायाको रेकर्ड तोडेर आफ्नो नाम लेखाउन सफल भएको धरान रनका सन्तोष राईले जानकारी दिए ।

धरान रन महिलातर्फ एपीएफकै फुलमती रानाले रजत पदक जितेकी छन् । उनले निर्धारित दूरी ३८ मिनेट ४० सेकेन्डमा पूरा गरिन् । त्यसैगरी बेलायतकी हना हकारसले ४१.१४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै काश्य पदक हात पारेकी छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन