जसपा नेपालले २८ बुँदे माग लिएर विराटनगरबाट आन्दोलन चर्काउँदै

मोरङ,१० पुस। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे माग र विभिन्न राष्ट्रिय मुद्दाहरूलाई लिएर कोशी प्रदेशको राजधानी विराटनगरबाट आन्दोलन चर्काउने बताएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यसअघि सञ्चालन गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शनिबारदेखि प्रदेशस्तरीय विरोध सभाहरू आयोजना गर्न लागिएको छ।

जसपा नेपालले तय गरेको तालिका अनुसार पुस १२ गते कोशी प्रदेशको राजधानी विराटनगरबाट विरोध सभाको सुरुवात हुनेछ । त्यसैगरी, पुस १४ गते मधेश प्रदेशको जनकपुर, १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विशाल विरोध सभाहरू आयोजना गरिने जनाएको छ।

विरोध प्रदर्शनको तयारीका लागि जसपा नेपालले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम र प्रदेश समितिहरूको अधिवेशन समेत सम्पन्न गरिसकेको छ । पार्टीले यसअघि नै संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहरहरूमा कोण सभा, प्लेकार्ड र ब्यानरसहितका प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना जस्ता कार्यक्रमहरू सफलताका साथ पुरा गरिसकेको प्रचार विभागले बताएको छ ।

पार्टीले उठाएका २८ बुँदे मागहरूमा संविधान संशोधन, पहिचानको मुद्दा, सुशासन, र जनजीविकाका सवालहरू प्रमुख रहेको छ । जिल्लास्तरीय जनसभा र धर्नापछि अब प्रदेशस्तरमा जनदबाब सिर्जना गर्न जसपा नेपालले आफ्ना सबै शक्ति परिचालन गर्ने बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति