भट्टराईको ‘ज्ञानगुनका कुरा’ र पोखरेलको ‘परिघटना’

दमक, १० पुस /  झापाको दमकमा एकसाथ दुई पुस्तक कृतिको लोकार्पण भएको छ ।

 

प्रतिभा निकेतन र विद्याशिल्प एकेडेमीको संयुक्त आयोजनामा भाङबारीमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई बारे लेखिएको ‘ज्ञानगुनका कुरा’ र खेमलाल पोखरेलको रम्बास कविता संग्रह ‘परिघटना’को साहित्यिक कार्यक्रमबीच एकसाथ लोकार्पण भएको हो ।
ज्ञानगुन प्रकाशनले प्रकाशनमा ल्याएको १२ जना लेखकले भट्टराईमाथि लेखेको लेखहरुको संग्रह भट्टराईको ८७ औं कृतिका रुपमा आएको छ । जसलाई कार्यक्रममा उपन्यासकार वीरेन्द्र थोक्लिहाङले समीक्षात्मक टिप्पणी गर्नुभएको छ । उहाँले केही नगरी बस्नै नसक्ने भट्टराईको स्वभावले सृजना क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको चर्चा गर्नुभयो ।

 

सो अवसरमा दमककै पुराना साहित्यकार खेमलाल पोखरेलको फरक संरचनाको रम्बास कविता कृति ‘परिघटना’माथि साहित्यकार दीपक सुवेदीले बोल्नु भएको थियो । उहाँले रम्बास कविताको संरचनामा देखिएका केही समस्यासहितका बारेमा टिप्पणी गर्नुभयो । साथै उहाँले पोखेरलको लेखनशैलीका बारेमा चर्चा गर्नुभयो ।

 

कार्यक्रममा हास्यव्यग्य साहित्यकार लक्ष्मण गाम्नागेले लेख्न बाँकी कविता शिर्षकको कवितामार्फत देशको हालको अवस्थामाथि व्यग्य प्रहार गर्नुभयो ।
अभागी थेगुवा, बैदिक अत्री, प्रीति सैन्धवी बस्नेतका साथै विद्याशिल्प विद्यालयका विद्यार्थीहरुले समेत कविता वाचन गर्नुभयो । माधव खनाल, राम विष्टसहितले लोकगीत प्रस्तुत गर्नुभयो । कार्यक्रम प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा