स्वतन्त्र उद्यमी व्यवसायी समुहको उमेदवारी घाेषणा

दमक १० पुस । पुस १८ गते दमक उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी समर्पित उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेका छन।
बिहिवार दमकमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उद्दमी व्यवसायी समुह नाम दिएर उनीहरुले आफ्नो प्यानल घोषणा गरेका छन ।
जसमा अध्यक्ष पदको उम्मेदवार राजु खड्का रहनुभएको छ भने बरिस्ठ उपाध्यक्षमा राजकुमार योङ्या, प्रथम उपाध्यक्षमा तुलसीराम तिम्सिना रहदा द्वितीय उपाध्यक्षमा नवीन कुमार अग्रवाल , तृतीय उपाध्यक्षमा विवेक श्रेष्ठ र महिला उपाध्यक्षमा सुश्मा न्यौपाने निरौलाको उम्मेदवारी रहेको छ ।
यसैगरी कार्यसमितिको खुल्ला सदस्य तर्फ पदम राउत, आनन्द थापा, सन्तोष कुमार तेली, मेघराज फुयाल, रेवतचन्द्र भण्डारी र कमल कट्वाल उम्मेदवार बन्नु भएको छ ।

बस्तुगत सदस्य तर्फ हेमसिंह अधिकारी , डुका कुमाल९अम्बिका ० र गोकुल खड्काको उम्मेदवारी रहेको छ ।
यसैगरि लेखा समिति संयोजकमा बुद्धिसागर बराल र सदस्यहरुमा सागर लावती र राधादेवी ढुंगानाको उम्मेदवारी रहेको छ भने महिला सदस्यमा अन्जना प्रसाईं र संगीता प्रसाईले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी राजु खड्काले भन्नुभयो कार्यसमिती सदस्य देखी वरिष्ठ उपाध्यक्ष हुदैँ अध्यक्ष पदको उम्मेद्धारमा उठ्दा राजनितीभन्दा टाढा रहेर , व्यवसायमा आवद्ध व्यक्तिहरुलाई मात्र उपस्थित गराएर पार्टीका लागी नभई व्यवसायीको हकहितका लागी काम गर्नेछु ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा