प्रतिनिधि सभा निर्वाचन

एमाले मोरङमा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिसलाई लिए  विवाद उत्पन्न

मोरङ,११ पुस। नेकपा एमाले मोरङ जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेसँगै यति बेला पार्टीभित्रै तीव्र असन्तुष्टि र विवाद उत्पन्न भएको छ। पार्टीमा कुनै पर्याप्त छलफल नगरी ‘गोप्य ढङ्ग’ ले २८ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको भन्दै नेता तथा कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

जिल्ला कमिटीले सिफारिस गरेका नामहरू सार्वजनिक भएलगत्तै मोरङका प्रभावशाली नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै विरोध सुरु गरि रहेका छन्। एमाले मोरङका युवा नेता मुकेश बुढाथोकीले उम्मेदवार छनोट प्रक्रियालाई ‘गम्भीर छल र अन्याय’ को संज्ञा दिँदै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिनु भएको छ । उहाँले आम पार्टी कार्यकर्ताको भावना, योगदान र अधिकारलाई बेवास्ता गर्दै एकतर्फी ढङ्गबाट नाम सिफारिस गरिएको भन्दै आपत्ति जनाँउनु भएको हो।

बुढाथोकीले लेखेको स्टाटसमा एमाले मोरङकी नेतृ रिता न्यौपानेलगायतका नेताहरूले पनि समर्थन जनाउँदै सिफारिसको जानकारीबाट आफूहरू ‘अचम्ममा परेको’ टिप्पणी गर्नु भएको छ्। पार्टीभित्र पारदर्शिता र सहभागितामूलक निर्णय हुनुपर्नेमा नेतृत्वले गुपचुप रूपमा आफ्ना निकटका व्यक्तिहरूको नाम पठाएको आरोप असन्तुष्ट पक्षको रहेको छ ।

जिल्ला कमिटीले विभिन्न क्लस्टरअन्तर्गत २८ जनाको नाम सिफारिस गरेको छ। जसमा खुल्ला तर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बरालसहित नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरे रहनु भएको छ् ।

महिला तर्फ उर्लाबारीकी पूर्वउपप्रमुख लक्ष्मी भण्डारी, सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ। आदिवासी जनजाती तर्फ ज्ञानेश्वर राजवंशी, भूवनसिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम रहेको छ भने जनजाति महिलातर्फ धना तामाङ र शान्ति लिम्बु सिफारिसमा पर्नु भएको छ ।

त्यसैगरी, थारु खुल्लातर्फ सत्यनारायण चौधरी र थारु महिलामा किरण चौधरीको नाम छ। मधेशी खुल्लातर्फ रामलाल साह र रुपनारायण मिश्रको नाम पठाइएको छ। अल्पसंख्यक खुल्लामा लुखिराम हस्दा र अल्पसंख्यक महिलामा अनिता सोरेन पर्नु भएको छ ।

मुस्लिम कोटातर्फ खुल्लामा मो. नूरहसन मिया, ईमाम हैदर र हसन इमाम बक्सको नाम सिफारिस भएको छ भने मुस्लिम महिलामा मञ्जिता खातुनको नाम छ। दलित खुल्लातर्फ मोहनलाल सरदार, जितनारायण सरदार र डिल्ली विश्वकर्माको नाम सिफारिस भएको छ भने दलित महिलामा गिता शिखाको नाम रहेको एमाले मोरङले बताएको छ ।

विधि र प्रक्रिया मिचेर गरिएको भनिएको यो सिफारिसले निर्वाचनको मुखमा पार्टीभित्र आन्तरिक कलह निम्त्याउने संकेत देखिएको छ। कार्यकर्ताहरूले नेतृत्वलाई यो निर्णय सच्याउन र पारदर्शी ढङ्गले पुनः छलफल गर्न दबाब दिइरहेको जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा