निर्माण कार्य सुस्त

पूर्व–पश्चिम राजमार्ग ‘एशियन हाइवे’ विस्तारमा लापरबाही

निर्माण कार्य सुस्त हुँदा र सुरक्षा मापदण्ड पालना नगर्दा यस खण्डमा यात्रु र स्थानीयका लागि सास्ती

झापा,११ पुस । पूर्व–पश्चिम राजमार्गलाई ‘एशियन हाइवे’ मा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा हुनुपर्नेमा उल्टै यात्रु र स्थानीयका लागि सास्तीको विषय बनेको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडक विस्तार भइरहे पनि निर्माणमा देखिएको लापरबाहीले दुर्घटना र प्रदूषणको जोखिम बढाइ रहेको छ ।

सडक निर्माणका क्रममा नियमित पानी नहाल्दा उड्ने धुलोले यात्रु र सडक आसपासका बासिन्दा हैरान छन् भने कतिपय ठाउँमा पानी धेरै हाल्दा सडक चिप्लो भई दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ। विशेष गरी सडकमा बनाइएका असुरक्षित ‘डाइभर्सन’ मृत्युको पासो बन्न थालेको छ।

गत पुस ५ गते मात्रै बिर्तामोडस्थित गिरिबन्धु चिया बगान नजिकैको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा भद्रपुरका २५ वर्षीय भुपाल अधिकारी र शीर्षक सुवेदीको ज्यान गएको छ । सोही दिन मेचीनगरमा चिप्लो सडकका कारण स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। यसरी निर्माण कम्पनीको लापरबाहीले एकपछि अर्को गर्दै मानवीय क्षति भइरहेको पाइएको छ ।

सडक विस्तारको ठेक्का लागेको दुई वर्ष बित्न लाग्दा पनि भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै भएको देखिएको छ। तीन वर्षमा सम्पन्न गर्ने गरी २०८० कात्तिक २ मा सम्झौता भएको यस आयोजनाको म्याद २०८३ माघ १९ सम्म छ। अब बाँकी १३ महिनामा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठुलो चुनौती छ।

एशियाली विकास बैंक (एडीबी) को ८४ दशमलब ९ प्रतिशत (३०० मिलियन डलर) ऋण सहायता र नेपाल सरकारको १५ दशमलब १ प्रतिशत लगानीमा यो सडक विस्तार भइरहेको छ। काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटरमध्ये हाल सुनसरीको लबीपुरसम्म ९५ दशमलब७६ किलोमिटर खण्डमा मात्रै ठेक्का लागेर काम भइरहेको छ।

यो आयोजनालाई पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाकै सीतापुरीसम्मको ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत केर्खादेखि सुनसरीको लबीपुरसम्मको ५० दशमलब ७६ किलोमिटर सडक पर्दछ। निर्माण कार्य सुस्त हुँदा र सुरक्षा मापदण्ड पालना नगर्दा यस खण्डमा यात्रा गर्ने हजारौँ यात्रुले दैनिक कष्ट भोग्न बाध्य रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्बासी र सहकारी पीडितबारे बुझ्न झापा आउदै मन्त्री रावल

दमक, १६ कात्तिक । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा भइरहेको प्रगतिको समीक्षा र सहकारी पीडितका समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा

दमकमा अन्तरास्ट्रिय स्तरको पार्लर एकेडेमी खुल्यो

  दमक, १६ कात्तिक। झापाको दमकमा बिहोना युनिसेक्स फेमिली सैलुन तथा एकेडेमी सञ्चालनमा आएको छ। दमक नगरपालिका–६ स्थित देवकोटा चोकको ठीक पश्चिमतर्फ पूर्व फर्किएको घरको

दमकमा कति छन सुकुम्बासी ?

    झापाको दमकमा सुकुम्बासी समस्या हरेक निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बन्ने गरेको छ। मानौँ, यहाँ लाखौँ सुकुम्बासी छन् र उनीहरूको मत आफूतिर तान्न सके

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा