दमक, ११ पुस । भारतीय कार चढेर चोरी गर्न पुगेका एकजना फरार प्रतिवादलिाई दमक प्रहरीले सुदन भुजेललाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका भुजेलबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । भुजेल चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी हुन् । उनले चार महिनाअघि पनि दमकको एक घरमा चोरी गरेको प्रहरीले जनाएको छ ।
गत भदौ ६ गते दमक–७ बस्ने बेनिस कार्कीको घरको सुत्ने कोठाको दराजबाट ७ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार भएका थिए । पक्राउ परेका भुजेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । भारतीय नम्बरको डब्ल्युबी ७४ एयु ९०६५ नम्बरको कार लिएर दमक–३ शान्ति चोकस्थित सरिता पोखरेलको घरमा चोरी गर्न गएका भुजेल हिजो पक्राउ परेका थिए ।
पोखरेलको घरमा दराज फुटाएर चोरी गरिरहेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट सुनको कान्छी तिलहरी एकथान, मोतीको माला एकथान र सुनको टप एकथान बरामद भएको प्रहरीले जनाएको छ ।










