भूमि तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा ठप्प

झापा,११ पुस । झापास्थित भूमि तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा ठप्प बनेको छ । कार्यालयले शुक्रबार एउटा सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा ठप्प बनेको जानकारी गराएको छ।

कार्यालयको सिस्टम पावर एक्सेस राउटर बिग्रिन गई कार्यालयको अनलाइन कम्प्युटर सिस्टममा भएको अवरोधका कारण प्रवाह हुने सेवा अवरुद्ध भएको हुँदा सिस्टम पावर एक्सेस राउटर विभागबाट प्राप्त नहुन्जेलसम्म सम्पूर्ण सेवाहरू स्थगित भएको सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख मालपोत अधिकृत लेवनकाश्यव अधिकारीका अनुसार सिस्टम पावर एक्सेस राउटरमा शुक्रबार बिहान एक्कासी समस्या आएका कारण कुनै सिस्टम नचल्दा सेवा प्रभाव हुन नसकेको बताउनु भयो । विभागबाट सिस्टम पावर एक्सेस राउटर आजै माग गरिसकिएकोले आइतबारदेखि पुनः सेवा सुचारू हुने उहाँले बताउनु भयो । यता कार्यालयको प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा लिन पुगेका सेवाग्राही त्यतिकै फर्किन बाध्य हुनु भएको छ् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्बासी र सहकारी पीडितबारे बुझ्न झापा आउदै मन्त्री रावल

दमक, १६ कात्तिक । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा भइरहेको प्रगतिको समीक्षा र सहकारी पीडितका समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा

दमकमा अन्तरास्ट्रिय स्तरको पार्लर एकेडेमी खुल्यो

  दमक, १६ कात्तिक। झापाको दमकमा बिहोना युनिसेक्स फेमिली सैलुन तथा एकेडेमी सञ्चालनमा आएको छ। दमक नगरपालिका–६ स्थित देवकोटा चोकको ठीक पश्चिमतर्फ पूर्व फर्किएको घरको

दमकमा कति छन सुकुम्बासी ?

    झापाको दमकमा सुकुम्बासी समस्या हरेक निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बन्ने गरेको छ। मानौँ, यहाँ लाखौँ सुकुम्बासी छन् र उनीहरूको मत आफूतिर तान्न सके

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा