विराटनगर,११ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार आज बसेको बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ। त्यस्तै कोशी जनता आवास कार्यक्रम कार्यविधि लाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको छ ।त्यस्तै सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय समेत आजको बैठकले गरेको छ। आजको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो।

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा
काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै








