झापा,११ पुस । भद्रपुरस्थित नेपाल– भारतको सीमा नाकामा एक अमेरिकी नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका वडा नं.७ स्थित मेची पुल पारी सहायता कक्षमा सशस्त्र प्रहरी बलको ड्युटीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक छैतीस वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको छ। भद्रपुर भन्सार नाका हुँदै भारततर्फ जान लागेका ती अमेरिकी नागरिकको नेपाल भ्रमणको भिषा म्याद समाप्त भएको विवरण देखिएको प्रहरीले जनाएको छ ।उनको भिषा, साथमा रहेको झोला तथा अन्य कागजपत्रहरुसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

सुकुम्बासी र सहकारी पीडितबारे बुझ्न झापा आउदै मन्त्री रावल
दमक, १६ कात्तिक । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा भइरहेको प्रगतिको समीक्षा र सहकारी पीडितका समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा









