अनुसन्धान जारी

झापामा सामान सहित चोरी गर्ने दुई जना पक्राउ

झापा,१३ पुष। झापामा लामो समयदेखि साइकल,मोवाइल,मोटरसाइकल,फलामको पाइप,मोटरलगायतका सामानहरु चोरी गर्ने दुईजनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको जनाएको छ ।

अर्जुनधारा वडा नं.६बिहानी टोल बस्ने मोहमद उसिम मुदिलको घरमा डेरा लिएर बस्ने दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगंज स्थायी ठेगाना भई हाल अर्जुनधारा वडा नं. ६बस्ने बर्ष ३५की खतिजा वेगम र सोही ठाउँ बस्ने बर्ष २३ का मोहमद रज्जाक पक्राउ परेका छन् ।

विभिन्न सामानहरु चोरी गरी लुकाईछिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर चोरीका सामान बरामद गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट ९ थान साइकल, २३ थान मोटर , फलामको पाईपको ४७ वटा टुक्राहरु, प्रदेश नं. १–०१–०१५प९३४४नम्बरको मोटरसाइकल , मोटरसाइकलको सवारी दर्ता किताव एक थान,स्पोकसहितको टायर रिङ–६ थान, रिङ मात्र थान–१, फलामको रड थान–१८,गाडी धुने पम्प एक थान, मोटरको फलामको रोटर थान– ६, ग्यास इन्डेक्सन चुलो एक थान र मोटरसाइकलको मोटरगार्ड, सकप र टि सहितको एक थानलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्बासी र सहकारी पीडितबारे बुझ्न झापा आउदै मन्त्री रावल

दमक, १६ कात्तिक । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा भइरहेको प्रगतिको समीक्षा र सहकारी पीडितका समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा

दमकमा अन्तरास्ट्रिय स्तरको पार्लर एकेडेमी खुल्यो

  दमक, १६ कात्तिक। झापाको दमकमा बिहोना युनिसेक्स फेमिली सैलुन तथा एकेडेमी सञ्चालनमा आएको छ। दमक नगरपालिका–६ स्थित देवकोटा चोकको ठीक पश्चिमतर्फ पूर्व फर्किएको घरको

दमकमा कति छन सुकुम्बासी ?

    झापाको दमकमा सुकुम्बासी समस्या हरेक निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बन्ने गरेको छ। मानौँ, यहाँ लाखौँ सुकुम्बासी छन् र उनीहरूको मत आफूतिर तान्न सके

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा