बालेन र रविको सहमतिमा हर्क साम्पाङको आपत्ति

झापा,१३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाहबीच भएको राजनीतिक सहमतिप्रति धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाँउनु भएको छ्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेन र रवि लामिछानेको सहकार्यलाई तिखो आलोचना गर्दै कठोर कटाक्ष गर्नु भएको छ।

मेयर साम्पाङले बालेन शाहलाई जनतामा जाने साहस नभएको व्यक्तिको रूपमा चित्रण गर्दै प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै व्यङ्ग्य गर्नु भएको छ्। उहाँले रवि र बालेनलाई ‘सिंहदरबार जलाउने जोडी’ को संज्ञा दिँदै उहाँहरूले विदेशीको इसारामा देश चलाउन खोजेको गम्भीर आरोप समेत लगाउनु भएको छ्।

आफ्नो फेसबुक पेजमा साम्पाङले लेख्नु भएको छ्, ‘हा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे १’

रास्वपा र बालेनबीच आगामी निर्वाचनमा बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने ७ बुँदे सहमति भएको खबर सार्वजनिक भए लगत्तै साम्पाङको यस्तो आक्रोशपूर्ण टिप्पणी आएको हो। उहाँले यो सहमतिलाई ‘फटाहाहरू’ को खेलको संज्ञा दिँदै युवा पुस्ता (जेन–जी) को भविष्यमाथि खेलबाड भएको दाबी समेत गर्नु भएको छ्। यसअघि पनि विभिन्न मुद्दामा बालेन शाहसँग असहमति राख्दै आएका साम्पाङ पछिल्लो राजनीतिक समीकरणले झन् आक्रामक देखिनु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा